Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मिनी म्याराथुनमा दौडिँदै ४८ महिलासहित ८९ चेपाङ


चितवन। नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथुनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।

त्यसैगरी, रोटरी क्लब अफ रत्ननगरले यही फागुन १९ गते आयोजना गरेकोे ‘रोटरी मिनी म्याराथुन’ मा उनीहरु सहभागी हुन लागेका हुन् । उक्त प्रतियोगितामा अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदायबाट ४८ जना महिला र ४१ पुरुष गरी ८९ जना सहभागी हुने भएका आयोजकले जनाए । प्रतियोगितामा लामो दूरी पार गर्ने चेपाङ समुदायलाई नगद रु दुई हजार र छोटो दूरीका चेपाङ महिलालाई रु एक हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

म्याराथुन कार्यक्रमका संयोजक बिपिन पोख्रेलका अनुसार खुल्लातर्फको १५ दशमलव चार किलोमिटर र महिला लक्षित पाँच किलोमिटर दूरीको दौड प्रतियोगिता हुनेछ भने सो प्रतियोगितामा दुवै समूहतर्फ गरी छ सय दुईजनाले सहभागिताका लागि नाम दर्ता गराएको पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको पनि सहभागिता रहने छ ।

उक्त क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार १५ दशमलव चार किलोमिटरको दौड नारायणगढको उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकबाट सुरु हुने छ भने पाँच किलोमिटरको दौड टिकौली जङ्गलको मध्यभागबाट सुरु गरिने छ । उनले दुवै दौड रत्ननगरको हरिहर मार्गमा सम्पन्न हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै रोटरीको जनविश्वास बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । भरतपुर भ्रमण वर्ष र समग्र चितवनको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?