Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने


काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् । फ्रान्स क्लबमा आबद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहीबार राति हुने फाइनल खेल गुमाउने भएकी हुन् ।

सो क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

नेपाल फुटबल संघ (एन्फा) ले साम्बा फाइनल खेलमा उपस्थित नहुने जानकारी गराएको हो । ‘सावित्रा जोर्डनविरुद्धको फाइनलका लागि राष्ट्रिय टोलीमा छनोटका लागि उपलब्ध नहुने स्पष्ट पार्न चाहन्छौँ। यसबाट हाम्रा फ्यानहरूमा निम्त्याउन सक्ने निराशालाई हामी स्वीकार गर्छौँ र सावित्राको अनुपस्थिति निस्सन्देह महसुस हुनेछ भनी बुझ्छौँ,’ एन्फाले सामाजिक सञ्जालमा लेखेको छ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?