Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नाकामा अलपत्र परेकालाई वाणिज्य सङ्घले सहयोग गर्ने


महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य सङ्घले यहाँको गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेर उद्धार गरिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउन आवश्यक सहयोग गर्ने भएको छ ।

यही फागुन २१ देखि ३० गतेसम्म वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रति टिकटबाट रु पाँच सामाजिक काममा खर्चिने सङ्घले निर्णय भएको छ ।

उक्त सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले टिकटबाट छुट्याइएको रकम सामाजिक कार्यअन्तर्गत पहिलो चरणमा गड्डाचौकीलगायत सीमा क्षेत्रमा नेपाल–भारत आवातजावतका क्रममा अलपत्र परेर उद्धार गरिएका र समस्यामा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताएका छन् ।

“सीमामा अलपत्र पर्नेलाई उद्धार सुरक्षा निकायबाट हुन्छ”, मल्लले भने, “कहिलेकाहीँ एक छाक खुवाएर एक रात बास दिनुपर्ने अवस्था समेत आउने भएकाले आगामी दिनमा सो विषयमा सङ्घले पनि सहयोग गर्ने निर्णय भएको छ ।” उनले सामाजिक क्षेत्रका लागि छुट्याइएको रकमले यहाँका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति, अनाथालय र वद्धाश्रममा समेत गर्ने बताए ।

‘कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने नारका साथ सुरु हुन लागेको महोत्सवको १५ संस्करणमा सर्वसाधारणका लागि प्रतिव्यक्ति रु एक सय र विद्यार्थीका लागि प्रतिटिकट रु ५० तोकिएको छ ।

उक्त महोत्सव अवधिमा स्थानीय उत्पादन, वस्तु तथा सेवालाई मुख्य आकर्षणका रुपमा राखिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । साथै लघुउद्यम, अटो प्रदर्शनी, कृषि, बाल उद्यानसहित सुदूरपश्चिमको कला संस्कृति जर्गेनामासमेत सङ्घ लाग्ने जनाएको छ भने सो महोत्सव अवधिमा तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु पाँच करोडको करोबार हुने आयोजकको अपेक्षा रहेको छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?