Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो


काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यससँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ ।
नेपाल पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो भने यता नेदरल्यान्ड्स भने नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ।
आजको खेलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् भने अविनाश बोहरा र विवेककुमार यादवलाई बेन्च राखिएको छभने ललितनारायाण राजवंशी र प्रतिश जिसी प्लेइङ एघारमा समेटिएका छन् ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलसन झा र प्रतिश जिसी छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?