Trending
>>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०८ गते बिहिबार >>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध जोड्दै ललितपुर महानगर


काठमाडौं। ललितपुर महानगरपालिकासँग दक्षिण कोरियाको चेओरवन शहरले मीत लगाउने वाचा गरेको छ । मंगलबार ललितपुर महानगर आइपुगेका त्यहाँका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले आगामी भ्रमणमा ललितपुरसँग भगिनी सम्बन्ध कायम गर्ने गरी आउने बताएका हुन् ।

त्यस्तै, ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका अभ्यासहरू हेर्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल आएको हो । चेओरवनका मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताउदै काष्ठकला, धातुकला र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको बताएका छन् ।

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न यो भ्रमण महत्त्वपूर्ण हुने उनले बताएका छन् । यसमा समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने बताए । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न गरिएको यो भ्रमण महत्त्वपूर्ण हुने बताएका छन् ।

त्यस्तै, चेओरवन सहरका केही असल अभ्यास ललितपुरले अनुशरण गर्दै कार्यान्वयन गर्ने तयारी गरेको महर्जनले बताए । महर्जन गत असोजमा कोरिया गएका थिए भने चेओरवन मेयर जोङले आफ्नो सहरमा ललितपुर प्रमुख सहितको टिमलाई निम्ता दिँदै कोरियामै भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?