Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध जोड्दै ललितपुर महानगर


काठमाडौं। ललितपुर महानगरपालिकासँग दक्षिण कोरियाको चेओरवन शहरले मीत लगाउने वाचा गरेको छ । मंगलबार ललितपुर महानगर आइपुगेका त्यहाँका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले आगामी भ्रमणमा ललितपुरसँग भगिनी सम्बन्ध कायम गर्ने गरी आउने बताएका हुन् ।

त्यस्तै, ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका अभ्यासहरू हेर्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल आएको हो । चेओरवनका मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताउदै काष्ठकला, धातुकला र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको बताएका छन् ।

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न यो भ्रमण महत्त्वपूर्ण हुने उनले बताएका छन् । यसमा समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने बताए । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न गरिएको यो भ्रमण महत्त्वपूर्ण हुने बताएका छन् ।

त्यस्तै, चेओरवन सहरका केही असल अभ्यास ललितपुरले अनुशरण गर्दै कार्यान्वयन गर्ने तयारी गरेको महर्जनले बताए । महर्जन गत असोजमा कोरिया गएका थिए भने चेओरवन मेयर जोङले आफ्नो सहरमा ललितपुर प्रमुख सहितको टिमलाई निम्ता दिँदै कोरियामै भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?