Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको छ: अध्यक्ष ओली


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पणपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष ओलीले यो दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् । उनले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना प्रकट गरे ।

उनलाई श्रद्धाञ्जलि दिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, प्रतिष्ठानमा श्रद्धाञ्जलिको अर्पण जारी छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । भजन शिरोमणिसमेत उपाधि पाएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो भने आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत सङ्गीत क्षेत्रमै छन् । नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान दिएका आचार्यले चार सय बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन्।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?