Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बर्दिबासमा महोत्सवको माहोल


महोत्तरी। यस वर्ष फागुन महिनामा महोत्तरीको बर्दिबासमा महोत्सवको माहोल छ । फागुन पहिलो साता तीनदिने सडक खाना महोत्सव सम्पन्न भएको बर्दिबासमा फागुन चौथो साता आदिवासी जनजाति महोत्सव हुने भएको हो ।

त्यसैगरी, यही फागुन २४ देखि चैत ४ गतेसम्म नेपाल आदिवासी जनजाति महासङ्घ, महोत्तरी जिल्ला समन्वय परिषद्ले चोथो आदिवासी जनजाति महोत्सव आयोजना गर्न लागेको हो । आदिवासी जनजातिको परम्परा, रीतिथिति, संस्कृति र पहिचानको प्रवद्र्धन महोत्सवको मुख्य ध्येय रहेको महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष धननारायण श्रेष्ठ बताउछन् ।

उक्त महोत्सवमा जिल्लामा बसोबास गर्दै आएका नौभन्दा बढी आदिवासी जनजाति समुदायले आफ्ना सांस्कृतिक रीतिथिति, वेशभूषा र परम्परागत खाद्य परिकारको परिचय दिनेछन् भने सो अवसरमा फरक–फरक समुदायका सांस्कृतिक प्रस्तुति गरिने महासङ्घ जिल्ला समन्वय परिषद्ले जनाएको छ ।

बर्दिबासमा आयोजना हुने ११ दिने यस महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी र बेचबिखनका कक्ष सञ्चालन हुने जनाइएको छ भने उक्त जिल्लाको हकमा तामाङ, मगर, नेवार, राईसहितका पर्वते र थारू, दनुवार, कुमाल (पर्वते र मधेसी दुवै), धानुक, केवटसहितका आदिवासी जनजातिको महोत्सवमा संयुक्त सहभागिता जनाउनेछन् ।

उक्त महोत्सवमा परम्परागत परिकार र सांस्कृतिक कार्यक्रमको मज्जा लिन विगतदेखि नै उल्लेख्य सङ्ख्यामा दर्शकको सहभागिता हुँदै आएको छ भने सिन्धुली, सर्लाही र धनुषासँग जोडिएको र यातायातको सुगमताले बर्दिबासमा यसपालिको चौँथो महोत्सवमा पाँच लाख बढी दर्शक सहभागी हुने महासङ्घले अपेक्षा राखेको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?