Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बर्दिबासमा महोत्सवको माहोल


महोत्तरी। यस वर्ष फागुन महिनामा महोत्तरीको बर्दिबासमा महोत्सवको माहोल छ । फागुन पहिलो साता तीनदिने सडक खाना महोत्सव सम्पन्न भएको बर्दिबासमा फागुन चौथो साता आदिवासी जनजाति महोत्सव हुने भएको हो ।

त्यसैगरी, यही फागुन २४ देखि चैत ४ गतेसम्म नेपाल आदिवासी जनजाति महासङ्घ, महोत्तरी जिल्ला समन्वय परिषद्ले चोथो आदिवासी जनजाति महोत्सव आयोजना गर्न लागेको हो । आदिवासी जनजातिको परम्परा, रीतिथिति, संस्कृति र पहिचानको प्रवद्र्धन महोत्सवको मुख्य ध्येय रहेको महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष धननारायण श्रेष्ठ बताउछन् ।

उक्त महोत्सवमा जिल्लामा बसोबास गर्दै आएका नौभन्दा बढी आदिवासी जनजाति समुदायले आफ्ना सांस्कृतिक रीतिथिति, वेशभूषा र परम्परागत खाद्य परिकारको परिचय दिनेछन् भने सो अवसरमा फरक–फरक समुदायका सांस्कृतिक प्रस्तुति गरिने महासङ्घ जिल्ला समन्वय परिषद्ले जनाएको छ ।

बर्दिबासमा आयोजना हुने ११ दिने यस महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी र बेचबिखनका कक्ष सञ्चालन हुने जनाइएको छ भने उक्त जिल्लाको हकमा तामाङ, मगर, नेवार, राईसहितका पर्वते र थारू, दनुवार, कुमाल (पर्वते र मधेसी दुवै), धानुक, केवटसहितका आदिवासी जनजातिको महोत्सवमा संयुक्त सहभागिता जनाउनेछन् ।

उक्त महोत्सवमा परम्परागत परिकार र सांस्कृतिक कार्यक्रमको मज्जा लिन विगतदेखि नै उल्लेख्य सङ्ख्यामा दर्शकको सहभागिता हुँदै आएको छ भने सिन्धुली, सर्लाही र धनुषासँग जोडिएको र यातायातको सुगमताले बर्दिबासमा यसपालिको चौँथो महोत्सवमा पाँच लाख बढी दर्शक सहभागी हुने महासङ्घले अपेक्षा राखेको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?