Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

स्वास्थ्यका पाँच कर्मचारी पुरस्कृत


काठमाडौं। स्वास्थ्य सेवा दिवसका अवसरमा पाँच कर्मचारी पुरस्कृत भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार एकजनालाई उत्कृष्ट र चारजनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।

उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार पाउनेमा जिल्ला अस्पताल दार्चुलामा कार्यरत सिनियर अनमी बबिता विष्ट छिन् । उनलाई एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

उनीहरूलाई जनही ५० हजार रुपैयाँ राशीले पुरस्कृत गरिएको हो ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?