Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग


म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र उनका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई रु आठ लाखभन्दा बढी सहयोग गरेका छन् ।

मालिका गाउँपालिका–४, छाप्सीबाङ घर भई हाल पोखरा निवासी दलबहादुर घर्तिमगर पुन र उहाँकी श्रीमती भानुदेवीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोटको सिद्धार्थ माविमा आइतबार रु छ लाख १० हजार र ओखरबोट माविलाई रु दुई लाख एक सय ५३ सहयोग गरेका हुन् ।

त्यसैगरी, चौरासी वर्ष पुगेका अवसरमा गरिने पूजाआजा, भोजभतेर, दानदक्षिणाका नाममा हुने फजुुल खर्च कटाएर आफ्नो जन्मथलोमा रहेको विद्यालयमा सहयोग गरेको दलबहादुरले बताए । “हामीले शिक्षा नपाएर जीवनमा धेरै दुःख भोग्नुप¥यो,” उनले भने, “हाम्रा नातिनातिनाले सहज रुपमा गाउँमै शिक्षा हासिल गर्ने वातावरण मिलोस् भनेर चौरासी पूजाको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरिएको हो ।”

उनीहरुले आइतबार सिद्धार्थ मावि र सोमबार ओखरबोट माविमा रकम हस्तान्तरण गरेका हुन् । सो रकम अक्षयकोषमा जम्मा गरिने सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनमगरले बताए। दलबहादुर सोही विद्यालय व्यवस्थापन समितिमा २० वर्षभन्दा बढी समय आबद्ध भएका थिए ।

त्यस्तै, बेलायती सेनाबाट अवकाश प्राप्त पूर्वगोर्खा सैनिक दलबहादुरकै पहलमा कादुरी र गोर्खा वेलफेयरले विद्यालयमा शौचालय निर्माण गर्नाका साथै च्युरीबोटमा खानेपानी आयोजना भित्रिएको थियो भने सो विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित अक्षयकोषमा हालसम्म रु ३० लाख २४ हजार छ सय ४३ रकम जुटेको सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्तिमगरले बताएका छन् ।

दुईवटै विद्यालयले सहयोगदाता दलबहादुरका परिवारलाई सम्मान गरेका छन् भने ओखरबोट माविमा दुई सय १६ र सिद्धार्थ माविमा विद्यालयमा एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् ।

यसअघि गत पुस १० गते च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरुले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?