Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग


म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र उनका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई रु आठ लाखभन्दा बढी सहयोग गरेका छन् ।

मालिका गाउँपालिका–४, छाप्सीबाङ घर भई हाल पोखरा निवासी दलबहादुर घर्तिमगर पुन र उहाँकी श्रीमती भानुदेवीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोटको सिद्धार्थ माविमा आइतबार रु छ लाख १० हजार र ओखरबोट माविलाई रु दुई लाख एक सय ५३ सहयोग गरेका हुन् ।

त्यसैगरी, चौरासी वर्ष पुगेका अवसरमा गरिने पूजाआजा, भोजभतेर, दानदक्षिणाका नाममा हुने फजुुल खर्च कटाएर आफ्नो जन्मथलोमा रहेको विद्यालयमा सहयोग गरेको दलबहादुरले बताए । “हामीले शिक्षा नपाएर जीवनमा धेरै दुःख भोग्नुप¥यो,” उनले भने, “हाम्रा नातिनातिनाले सहज रुपमा गाउँमै शिक्षा हासिल गर्ने वातावरण मिलोस् भनेर चौरासी पूजाको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरिएको हो ।”

उनीहरुले आइतबार सिद्धार्थ मावि र सोमबार ओखरबोट माविमा रकम हस्तान्तरण गरेका हुन् । सो रकम अक्षयकोषमा जम्मा गरिने सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनमगरले बताए। दलबहादुर सोही विद्यालय व्यवस्थापन समितिमा २० वर्षभन्दा बढी समय आबद्ध भएका थिए ।

त्यस्तै, बेलायती सेनाबाट अवकाश प्राप्त पूर्वगोर्खा सैनिक दलबहादुरकै पहलमा कादुरी र गोर्खा वेलफेयरले विद्यालयमा शौचालय निर्माण गर्नाका साथै च्युरीबोटमा खानेपानी आयोजना भित्रिएको थियो भने सो विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित अक्षयकोषमा हालसम्म रु ३० लाख २४ हजार छ सय ४३ रकम जुटेको सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्तिमगरले बताएका छन् ।

दुईवटै विद्यालयले सहयोगदाता दलबहादुरका परिवारलाई सम्मान गरेका छन् भने ओखरबोट माविमा दुई सय १६ र सिद्धार्थ माविमा विद्यालयमा एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् ।

यसअघि गत पुस १० गते च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरुले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?