Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

कर्णाली प्रदेशमा २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा


भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुग्दा ७१ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको हो । प्रदेशका ५७ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

कर्णालीमा एक लाख २३ हजार ६ सय ६२ हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ जसमध्ये २९ हजार दुई सय ४१ हेक्टर क्षेत्रफलमा धान, ४० हजार ८३ हेक्टर क्षेत्रफलमा मकै, ५१ हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ, तीन हजार तीन सय १२ हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ ।

उक्त प्रदेशमा सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुग्दा भनेअनुसारको उत्पादन हुनसकेको छैन । जसले गर्दा परनिर्भरता बढ्दै गएको कृषि विज्ञहरु बताउँछन् भने राष्ट्रिय कृषि गणनाअनुसार कर्णाली प्रदेशका ८४ प्रतिशत नागरिकको मुख्य आम्दानीको स्रोत कृषि हो ।

प्रदेश सरकारले भने आंशिक र पूर्णकालीन गरी ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको दाबी गरेको छ । प्रदेशको कृषि निर्देशनालयका अनुसार ४२ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।

निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाया भन्छन्, “कर्णालीमा खेती हुँदै आएको क्षेत्रफलको ६८ प्रतिशतमा पूर्ण आंशिकरुपमा सिँचाइ पुगेको छ, सिँचाइ सुविधा नपुगेका क्षेत्रमा पनि सिँचाइ पोखरी निर्माण गर्ने, लिफ्टिङ गरेर स्रोत नभएका ठाउँमा सिँचाइ सुविधा पुर्‍याउने गरी कार्यक्रम भइरहेका छन्,” उनले अघि भने, “अबको केही वर्षभित्र सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्छ ।”


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?