Trending
>>   राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया शुरु, कानून सुधारको रोडम्याप ल्याइनेछः अर्थमन्त्री वाग्ले >>   नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण >>   प्रधानमन्त्री साहको पुर्ख्यौली गाउँमा खुशीयाली >>   खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष >>   प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना >>   नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण >>   नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय >>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

आन्तरिक पर्यटकको रोजाइमा पर्दै ढकेरी


राँझा,बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् ।

वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताएका छन् । “शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पार्क घुम्ने मान्छेको भीडभाड हुने गर्छ”, उनले भने, “वनस्पति उद्यान र रिम्ना सामुदायिक वनमा घुम्न आउने आन्तरिक पर्यटकले ढकेरी बजारमा चहलपहल हुने गरेको छ ।”

वनस्पति उद्यान घुम्न आउने आन्तरिक पर्यटकलाई ढकेरी बजारमा रहेका होटलले स्थानीय स्वाद चखाउने गरेका छन् भने खासगरी यहाँ कुखुराको बँधिया भालेलाई साँधेर मौलिक परिकारका रुपमा आन्तरिक पर्यटकलाई खुवाउने गरिएको खनालको भनाइ रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अहिले ढकेरी बजारमा साधारणदेखि सुविधासम्पन्न होटल व्यवसाय सञ्चालन भएका छन् भने ढकेरी क्षेत्रमा पाइने कुखुराको मौलिक परिकारको स्वाद लिन कोहलपुर बजार र सदरमुकाम नेपालगञ्जबाट सर्वसाधारण पुग्ने गरेको स्थानीय अग्र्यानिक घरबास (होमस्टे) का सञ्चालक भरत खड्काले बताए।

खड्काले ढकेरी क्षेत्रमै एकदशकदेखि होमस्टे सञ्चालन गरेर यहाँको मौलिक स्वादलाई प्रवद्र्धन गर्दै आउएका छन् । “यहाँको विशेषता भनेकै कुखुराका मौलिक परिकारको स्वाद हो । पाहुनाको अनुरोधमा कुखुराको बँधिया भाले समेत उपलब्ध गराउने गरेका छाँै,” उनले भने ।

ढकेरी बजारमै वनस्पति उद्यान रहेको छ । विसं २०५६ मा स्थापना भएको यस उद्यानमा चार सय ५० बढी सङ्ख्याका वनस्पति प्रजातिको संरक्षण भइरहेको छ भने विद्यार्थी तथा सर्वसाधारणले ढकेरी क्षेत्रमा सधँै चहलपहल हुने गरेको छ । सदरमुकाम नेपालगञ्जबाट करिब २५ किलोमिटर पूर्वतर्फ पूर्व–पश्चिम राजमार्गमा रहेको ढकेरी क्षेत्रमा अहिले पूर्वाधार विकासको काम पनि भइरहेको छ । ढकेरी क्षेत्रको करिब एक किलोमिटर सडक दुवैतर्फ विस्तार गरी फराकिलो बनाइएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताएका छन् ।

उनका अनुसार, ढकेरी क्षेत्रमा सडक विस्तारसँगै नाली निर्माण, विद्युत् विस्तारलगायत पूर्वाधार विकासका काम भइरहेका छन् भने आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रिम्ना उद्यानलाई थप व्यवस्थित गरिने भएको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?