Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

चन्द्रागिरिमा ढक, तराजु दर्ता तथा नवीकरण शिविर


काठमाडौं। चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक , तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ । अप्रमाणित ढक तथा ,तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो ।

यसका लागि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा बुधबारदेखि ढक तराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने भएको छ भने यही फागुन १६ देखि २१ गतेसम्म सञ्चालन हुने सो शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयका टोलीले प्राविधिक सहयोग गर्नेछन् । त्यस्तै, व्यवसायीलाई सहज बनाउन उनीहरूलाई पायक पर्ने स्थानमा नै ढक, तराजु दर्ता नवीकरण शिविर आयोजना गर्न लागेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार शिविर थानकोट (साझा घर), लाछिटोल (सतुङ्गल), चौपाया खरिद केन्द्र (दहचोक), विष्णुदेवी मन्दिर परिसर र चन्द्रागिरि नगरपालिका प्रागङ्गण (बलम्बु) मा सञ्चालन हुनेछ । उक्त शिविरमा आउँदा नागरिकता, व्यवसाय दर्ताको प्रमाणपत्र, ढक तराजु खरिद गरेको ३५ दिन ननाघेको भएमा खरिद गरेको बिल तथा नाघेको भए ढक तराजु ल्याउन तथा डिजिटल तराजुसँगै क्षमताको १० प्रतिशत ढक अनिवार्य ल्याउन व्यवसायीलाई नगरपालिकाले आग्रह गरेको छ ।

सो नगरपालिकाले यस्तो शिविर हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?