Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

महिला प्रिमियर लिगः दिल्ली क्यापिटल्सको शानदार जित


काठमाडौं। महिला प्रिमियर लिग (डब्ल्यूपीएल) मा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्लीले युपी वारियसलाई ९ विकेटले पराजित गरेको हो ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको युपीको टोलीले ९ विकेट गुमाएर ११९ रन बनाएको थियो भने दिल्ली क्यापिटल्सले १२० रनको लक्ष्य १ विकेटको क्षतिमा सहजै पुरा गर्न सफल भयो । त्यस्तै, दिल्ली क्यापिटल्सले प्रतियोगितामा पहिलो जित हात पारेको छ भने युपीको यो लगातार दोस्रो हार हो । उक्त खेलको सुरुमा दिल्लीकी कप्तान मेग ल्यानिङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् ।

युपीको सुरुवात निकै खराब रह्यो र पहिलो ३ विकेट १६ रनमा मात्रै खसेको थियो । जसमा वृन्दा दिनेश शून्य, ताहिला म्याकग्रा १ र कप्तान एलिसा हिली १३ रन बनाएर पभेलियन फर्किएका थिए । मिडल अर्डरमा आएकी ग्रेस ह्यारिसले १७ रनको छोटो इनिङ खेलिन् तर उनी पनि राधा यादवको स्पिनमा फस्न पुगिन । ५ नम्बरमा ब्याटिङ गर्न आएकी श्वेता सेहरावतले सर्वाधिक ४५ रन बनाएर युपीको स्कोर १०० भन्दा माथि पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकी थिइन् ।

त्यस्तै, दिल्लीका लागि राधा यादवले सर्वाधिक ४ विकेट र मरिज्ने क्यापले ३ विकेट लिइन् । १२० रनको लक्ष्यको जवाफमा दिल्लीको टोलीका ओपनिङ ब्याट्सम्यानले एकतर्फी जित दिलाए । कप्तान मेग ल्यानिङ र शेफाली वर्माले ११९ रनको साझेदारी गरे । मेग लानिङले ४३ बलमा ६ चौका सहित ५१ रनको महत्त्वपूर्ण इनिङ खेले भने अर्को छेउमा शेफाली वर्माले पनि तुफानी पारि खेलिन् भने शेफालीले ४३ बलमा ६४ रन बनाएकी छिन् भने आफ्नो इनिङ्समा ६ चौका र ४ छक्का प्रहार गरिन् ।

जेमिमाह रोड्रिग्सले अन्तिममा आएर चौका प्रहार गर्दै दिल्लीलाई प्रतियोगिताको पहिलो जित दिलाइन् । युपीले दिल्लीविरुद्ध लिएको एकमात्र विकेट सोफी एक्लेस्टोनको नाउँमा रह्यो । डब्ल्यूपीएल अन्तर्गत आज राति रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात जायन्ट्स आमने सामने हुने छन् । यो खेल राति पौने ८ बजे सुरु हुने छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?