Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८०र८१ को वार्षिक क्यालेण्डर पारित गरेको छ । महिला र उमेर समूहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू समावेश गरिएको छ । सोमबार सार्वजनिक क्यालेण्डर अनुसार नेपालको शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग २०८१ पुसमा हुने छ ।

त्यस्तै, ए डिभिजन लिग अघि २०८१ को असोजरकात्तिकमा नेपाल सुपर लिग एनएसएल हुने छ भने बी डिभिजन र सी डिभिजनका खेलहरू एउटै समय २०८० को चैतमा हुने क्यालेण्डरमा समावेश छ । क्लबहरूसँग छलफल गरेर नै क्यालेण्डर तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । २ वर्षपछि एन्फाले महिला फुटबल लिग सञ्चालन गर्ने घोषणा पनि गरेको छ भने महिला लिगमा पहिलो राउन्डमा ७ प्रदेशले सिङ्गल राउन्ड रोबिनमा आधारित खेल खेल्नेछन् ।

ती मध्ये शीर्ष ३ ले २०८१ मा ३ विभागीय क्लब र विदेशी क्लबहरूसमेत सहभागी गराएर प्रतियोगिता गराउने एन्फाले जाएको छ । फुटसल प्रतियोगिता २०८१ वैशाख र जेठमा काठमाडौं र पोखरामा हुनेछ । यू-१४ विद्यालयस्तरीय प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतियोगिता जेठ र असारमा हुनेछ । यू-१६ युथ च्याम्पियनसिप २०८१ को साउनदेखि असोजसम्म हुने छ ।

ग्रासरुट लिग, प्रदेश स्तरीय लिग, एन्फा प्रेसिडेन्ट लिगलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ भने  यी प्रतियोगिताहरू २०८१ साउनदेखि असोजसम्म हुनेछन् । ललित मेमोरियल यू-१८ युथ लिग, यू-१८ महिला युथ लिग कात्तिकदेखि पुससम्म हुनेछन् ।

अर्को वर्षको बी डिभिजन फुटसल लिग २०८१ असोजरकात्तिकमा हुनेछ भने सी डिभिजन फुटसल लिग मंसिररपुसमा हुनेछ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?