Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८०र८१ को वार्षिक क्यालेण्डर पारित गरेको छ । महिला र उमेर समूहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू समावेश गरिएको छ । सोमबार सार्वजनिक क्यालेण्डर अनुसार नेपालको शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग २०८१ पुसमा हुने छ ।

त्यस्तै, ए डिभिजन लिग अघि २०८१ को असोजरकात्तिकमा नेपाल सुपर लिग एनएसएल हुने छ भने बी डिभिजन र सी डिभिजनका खेलहरू एउटै समय २०८० को चैतमा हुने क्यालेण्डरमा समावेश छ । क्लबहरूसँग छलफल गरेर नै क्यालेण्डर तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । २ वर्षपछि एन्फाले महिला फुटबल लिग सञ्चालन गर्ने घोषणा पनि गरेको छ भने महिला लिगमा पहिलो राउन्डमा ७ प्रदेशले सिङ्गल राउन्ड रोबिनमा आधारित खेल खेल्नेछन् ।

ती मध्ये शीर्ष ३ ले २०८१ मा ३ विभागीय क्लब र विदेशी क्लबहरूसमेत सहभागी गराएर प्रतियोगिता गराउने एन्फाले जाएको छ । फुटसल प्रतियोगिता २०८१ वैशाख र जेठमा काठमाडौं र पोखरामा हुनेछ । यू-१४ विद्यालयस्तरीय प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतियोगिता जेठ र असारमा हुनेछ । यू-१६ युथ च्याम्पियनसिप २०८१ को साउनदेखि असोजसम्म हुने छ ।

ग्रासरुट लिग, प्रदेश स्तरीय लिग, एन्फा प्रेसिडेन्ट लिगलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ भने  यी प्रतियोगिताहरू २०८१ साउनदेखि असोजसम्म हुनेछन् । ललित मेमोरियल यू-१८ युथ लिग, यू-१८ महिला युथ लिग कात्तिकदेखि पुससम्म हुनेछन् ।

अर्को वर्षको बी डिभिजन फुटसल लिग २०८१ असोजरकात्तिकमा हुनेछ भने सी डिभिजन फुटसल लिग मंसिररपुसमा हुनेछ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?