Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन


काठमाडौं। कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन भएको छ । विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि आज उद्घाटन भएको हो । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायतले विमानस्थलको उद्घाटन गरेका हुन् ।

हिजो मात्रै विमानस्थलमा नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले परीक्षण उडान गरेको थियो भने आज विमानस्थलमा नेपाल एयरलाइन्स र यति एयरलाइन्सका दुई वटा विमान अवतरण भएका छन् ।

त्यस्तै, २०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम २०७९ साल माघ ११ गते सकिएको थियो । यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन ।

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुँदा स्थानीयवासी खुशी भएका छन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?