Trending
>>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू >>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता


काठमाडौं। सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक सभासमक्ष पेश गरेका थिए ।

उनले सभाका उठेका प्रश्नको जवाफ दिँदै जतिसक्दो चाँडो अर्को विधेयक ल्याउने भएकाले अध्यागमन विधेयक २०७६ फिर्ता लिइएको प्रष्ट पारेका छन् । मन्त्री श्रेष्ठले भने, “अध्यागमन विधेयक, २०७६ अघिल्लो सरकारले प्रस्तुत गरी यससम्बन्धी ऐनका लागि पेश गरेको थियो ।

तत्कालका लागि वर्तमान सरकारले यसलाई फिर्ता गर्ने निर्णय गरेको छ भने पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका फेरबदल, राष्ट्रिय सुरक्षामा सजक हुनुपर्ने परिस्थिति, अध्यागमनलाई अझ बढी व्यवस्थित र आधुनिक बनाउनुपर्नेलगायत कारणले सरकारले यसलाई फिर्ता लिने निर्णय गरेको हो ।” राष्ट्रिय सभाको बैठक २१ मिनेट स्थगित गरी पुनः सुरु भएको थियो ।

सो सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभाबाट छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १७ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने भएको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?