Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

समस्यामा महाभारतका ‘श्रीकृष्ण’, पूर्वपत्नी बेच्न चाहन्छिन् उनको सम्पत्ति


मुम्बई। चिर्चित शृङ्खला महाभारतमा भगवान् श्रीकृष्णको भूमिका निभाउने नितिश भारद्वाजले सन् २०२२ मा पत्नी स्मितासँग सम्बन्ध विच्छेद गरेका थिए । दुई जनाको सन्तानको रुपमा दुई छोरी छन् ।

त्यसैगरी, गत २३ फेब्रुअरीमा स्मिताले नितिशको सम्पत्ति बेच्नका लागि मुम्बईको पारिवारिक अदालतको ढोका ढकढकाएकी छन् भने सो अदालतको आदेशका बाबजुद नितिशले आफ्नो छोरीहरू हुर्काउन एक रुपैयाँ पनि नदिएको उनको आरोप रहेको छ ।

नितिशले आईएएस अफिसरसमेत रहेकी आफ्नी पूर्वपत्नी स्मितामाथि मानसिक यातनाको आरोप लगाएका थिए । स्मिताले आफ्नो छोरीहरूलाई भेट्न समेत नदिएको नितिशको आरोप थियो भने यसैबिच स्मिताले आफ्नो पूर्वपतिको सम्पत्ति बिक्री गर्न चाहेको समाचार बाहिरिएको छ ।

उनले सम्बन्ध विच्छेदपछि सम्पत्तिको हिस्सा माग गरेकी छन् । अदालतले बच्चाहरू हुर्काउन नितिशलाई हरेक महिना १०–१० हजार रुपैयाँ दिनुपर्ने आदेश गरेको थियो, तर नितिशले यस्तो नगरेको उनले आरोप लगाएकी छन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?