Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

समस्यामा महाभारतका ‘श्रीकृष्ण’, पूर्वपत्नी बेच्न चाहन्छिन् उनको सम्पत्ति


मुम्बई। चिर्चित शृङ्खला महाभारतमा भगवान् श्रीकृष्णको भूमिका निभाउने नितिश भारद्वाजले सन् २०२२ मा पत्नी स्मितासँग सम्बन्ध विच्छेद गरेका थिए । दुई जनाको सन्तानको रुपमा दुई छोरी छन् ।

त्यसैगरी, गत २३ फेब्रुअरीमा स्मिताले नितिशको सम्पत्ति बेच्नका लागि मुम्बईको पारिवारिक अदालतको ढोका ढकढकाएकी छन् भने सो अदालतको आदेशका बाबजुद नितिशले आफ्नो छोरीहरू हुर्काउन एक रुपैयाँ पनि नदिएको उनको आरोप रहेको छ ।

नितिशले आईएएस अफिसरसमेत रहेकी आफ्नी पूर्वपत्नी स्मितामाथि मानसिक यातनाको आरोप लगाएका थिए । स्मिताले आफ्नो छोरीहरूलाई भेट्न समेत नदिएको नितिशको आरोप थियो भने यसैबिच स्मिताले आफ्नो पूर्वपतिको सम्पत्ति बिक्री गर्न चाहेको समाचार बाहिरिएको छ ।

उनले सम्बन्ध विच्छेदपछि सम्पत्तिको हिस्सा माग गरेकी छन् । अदालतले बच्चाहरू हुर्काउन नितिशलाई हरेक महिना १०–१० हजार रुपैयाँ दिनुपर्ने आदेश गरेको थियो, तर नितिशले यस्तो नगरेको उनले आरोप लगाएकी छन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?