Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता


कञ्चनपुर। नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार चालु आवको हालसम्म नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न १८ वटा ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । कृष्णपुर नगरपालिकाबाट चार वटा र शुक्लाफाँटा नगरपालिकाबाट १४ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए।

शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न रहने गरेका यस्ता ट्र्याक्टरबाट रु १५ हजार र कृष्णपुर नगरपालिकाले रु ५० हजारका दरले जरिवाना असुलउपर गर्दै आएको छ । त्यसैगरी कृष्णपुर नगरपालिकाले अवैधरुपमा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने ट्र्याक्टरबाट रु दुई लाख र शुक्लाफाँटा नगरपालिकाले रु दुई लाख १० हजार रकम असुलउपर गरेको छ ।

कृष्णपुर नगरपालिकाले दोदा (मछेली) नदीमा हाल ठेक्का लगाई नदीजन्य पदार्थको उत्खननको काम गर्दै आएको छ भने शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि हालैमात्रै ठेक्का आह्वान गरेको छ । त्यस्तै, नदीजन्य पदार्थ चोरीनिकासी रोक्नका लागि रातदिन निगरानी बढाउनु परेको शुक्लाफाँटा नगरपालिका– ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताएका छन् । वडाको धारापानी, अनौखी, गौडी, घरकुटवा र वनहरा खोलाबाट नदीजन्य पदार्थको चोरीनिकासी हुने गरेको छ ।

त्यसैगरी, स्थानीय बासिन्दाका अनुसार शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि बोलपत्र आह्वान गरे पनि खोला क्षेत्रबाट आधाभन्दा बढी नदीजन्य पदार्थ चोरीनिकासी भइसकेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?