Trending
>>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता


कञ्चनपुर। नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार चालु आवको हालसम्म नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न १८ वटा ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । कृष्णपुर नगरपालिकाबाट चार वटा र शुक्लाफाँटा नगरपालिकाबाट १४ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए।

शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न रहने गरेका यस्ता ट्र्याक्टरबाट रु १५ हजार र कृष्णपुर नगरपालिकाले रु ५० हजारका दरले जरिवाना असुलउपर गर्दै आएको छ । त्यसैगरी कृष्णपुर नगरपालिकाले अवैधरुपमा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने ट्र्याक्टरबाट रु दुई लाख र शुक्लाफाँटा नगरपालिकाले रु दुई लाख १० हजार रकम असुलउपर गरेको छ ।

कृष्णपुर नगरपालिकाले दोदा (मछेली) नदीमा हाल ठेक्का लगाई नदीजन्य पदार्थको उत्खननको काम गर्दै आएको छ भने शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि हालैमात्रै ठेक्का आह्वान गरेको छ । त्यस्तै, नदीजन्य पदार्थ चोरीनिकासी रोक्नका लागि रातदिन निगरानी बढाउनु परेको शुक्लाफाँटा नगरपालिका– ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताएका छन् । वडाको धारापानी, अनौखी, गौडी, घरकुटवा र वनहरा खोलाबाट नदीजन्य पदार्थको चोरीनिकासी हुने गरेको छ ।

त्यसैगरी, स्थानीय बासिन्दाका अनुसार शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि बोलपत्र आह्वान गरे पनि खोला क्षेत्रबाट आधाभन्दा बढी नदीजन्य पदार्थ चोरीनिकासी भइसकेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?