Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

१० वर्षदेखि डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग, तीन जना पक्राउ


काठमाडौं। एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।

सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने विवी तामाङ र रौतहट चन्द्रपुर घर भई काठमाडौं बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शङ्कर रेग्मीको मिलेमतोमा वर्षौँदेखि ठगी धन्दा चलाउँदै आएका अनुसन्धानबाट पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । उनले यसरी ठगी गरिएको रकम विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरेको र केही रकम मिटरब्याजमा समेत लगानी गरेको भेटिएको बताएका छन् ।

त्यस्तै, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाको विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छौँ भनि प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रूपैयाँ ठगी गर्ने गरेका थिए । रेग्मीका अनुसार उनीहरुले चलाखी गरी आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिलाई प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएका छन् ।

ती गिरोहले ठमेलस्थित फरेन एक्सचेञ्ज सेन्टरमा लगेर ठगीमा प्रयोग हुने डलर साट्ने गरेका अनुसन्धानका क्रममा खुलेको उनले बताएका छन् । “त्यही डलरको आकारमा कागज काटेर मिसाउने गरेका खुलेका छ”, रेग्मीले भने। तामाङको साथबाट ७१ हजार नेपाली रुयैयाँ र ६०७ अमेरिकी डलर तथा डलर मिलाईदिने व्यक्ति फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक रेग्मीबाट रु तीन लाख र पाँच सय ८३ डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?