Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

चार अस्पतालको फोहोर संकलनमा रोक


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आज ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो । कलंकी क्षेत्रका अस्पतालहरुको गएको शुक्रबार र चावहिल क्षेत्रका अस्पतालको आज अनुगमन गरिएको थियो ।

यस अघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । यसरी फोहोर रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन भनिएको छ ।

‘ल्याण्डफिल साइटमा कुनै पनि हानीकारक फोहोर नपुगोस भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहोर व्यवस्थापन अभ्यास हेर्दा फरक फरक अवस्था देखिएको छ ।’ श्रेष्ठले भन्नुभयो, ‘संक्रमित फोहोरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैमा एकै खालको कसुर छैन । कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहोर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहोरको सम्बन्धमा निर्णय गरिनेछ ।’


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?