Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

जसपाद्वारा मस्यौदा तयारी समिति गठन


काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ ।

उक्त पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्। उनका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ ।

त्यसैगरी आसन्न महाधिवेशनको लागि आर्थिक स्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा छ सदस्यीय आर्थिक स्रोत व्यवस्थापन समिति गठन भएको सो पार्टीले जनाएको छ।

उक्त पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभाग र धारा ९९ अनुसारका पार्टी संयन्त्र गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताएका छन्।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?