Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

केन्द्रीय समिति बैठक पूर्व नेविसंघ गगन-शेखर समूहकाे छलफल


काठमाडाैं । नेपाल विद्यार्थी संघ गगन-शेखर समूहले फाल्गुन १५ गतेलाई तय गरेको नेविसंघ केन्द्रीय समिति बैठक पूर्व छलफल कार्यक्रम राखेको छ। वाल्मीकि विद्यापीठ मा आयोजना भएको छलफल कार्यक्रम मा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति भएको थियो।

कार्यक्रममा, नेपाल विद्यार्थी संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आव्हान गरिएको केन्द्रीय समिति बैठकको बारेमा छलफल भएका छन। कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले नेविसंघ समूह र गुट जसरी फरक मतलाई स्थान नदिई चलाएको, क्याम्पस र जिल्लाहरू मनोमानी तरिकाले नियुक्ति दिएको जस्ता विषयमा छलफलमा कुरा उठेको थियो। उपस्थिति कहिले नेविसंघ केन्द्रीय अध्यक्षको स्वेच्छाकारिता विरुद्ध बैठक बहिस्कार गर्ने कुरा राखेका थिए भने केही को मत बैठकमा बलियो उपस्थिति जनाउनुपर्ने धारणा आएको थियो।

छलफल बाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठक बारे निर्णय गर्ने केन्द्रीय सदस्य इ. सुवास पौडेल ले जानकारी गराए। २०७८ फाल्गुन मा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति भएपछि र २०८० साउनमा अन्य ७१० केन्द्रीय सदस्य नियुक्ति लगभग ८ महिना पछि पहिलो पटक २०८०-११-१५ गते केन्द्रीय समितिको बैठक डाकिएको छ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?