Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

केन्द्रीय समिति बैठक पूर्व नेविसंघ गगन-शेखर समूहकाे छलफल


काठमाडाैं । नेपाल विद्यार्थी संघ गगन-शेखर समूहले फाल्गुन १५ गतेलाई तय गरेको नेविसंघ केन्द्रीय समिति बैठक पूर्व छलफल कार्यक्रम राखेको छ। वाल्मीकि विद्यापीठ मा आयोजना भएको छलफल कार्यक्रम मा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति भएको थियो।

कार्यक्रममा, नेपाल विद्यार्थी संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आव्हान गरिएको केन्द्रीय समिति बैठकको बारेमा छलफल भएका छन। कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले नेविसंघ समूह र गुट जसरी फरक मतलाई स्थान नदिई चलाएको, क्याम्पस र जिल्लाहरू मनोमानी तरिकाले नियुक्ति दिएको जस्ता विषयमा छलफलमा कुरा उठेको थियो। उपस्थिति कहिले नेविसंघ केन्द्रीय अध्यक्षको स्वेच्छाकारिता विरुद्ध बैठक बहिस्कार गर्ने कुरा राखेका थिए भने केही को मत बैठकमा बलियो उपस्थिति जनाउनुपर्ने धारणा आएको थियो।

छलफल बाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठक बारे निर्णय गर्ने केन्द्रीय सदस्य इ. सुवास पौडेल ले जानकारी गराए। २०७८ फाल्गुन मा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति भएपछि र २०८० साउनमा अन्य ७१० केन्द्रीय सदस्य नियुक्ति लगभग ८ महिना पछि पहिलो पटक २०८०-११-१५ गते केन्द्रीय समितिको बैठक डाकिएको छ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?