Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित


काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । त्यस्तै, त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

त्यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे । नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन नसक्दा तेस्रो हार बेहोरेको हो । नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३४ बलमा ३९ तथा म्याक्स ओ’डाउडले २६ बलमा २८ रन बनाए । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो । सो सिरिजमा नेपालले खेलेका चार खेलमध्ये कुनै पनि खेलमा २०० रनको स्कवर बनाउन सकेन । नेदरल्याण्ड्स विरुद्ध बनाएको १७२ रन नै नेपालले सिरिजमा बनाएको सर्वाधिक स्कोर रह्यो ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?