Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

शान्ति र लोकतन्त्रको धारमा पार्टीहरूलाई रूपान्तरण गर्नु कांग्रेसको दायित्व हो: सिटौला


काठमाडौं। नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।

आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु र राष्ट्रहितको बाटो देखाउने दायित्व कांग्रेसकै काँधमा रहेको बताएका हुन् । कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्न भूमिका खेल्नुपर्ने सिटौलाको भनाइ रहेको छ ।

‘नेपाली कांग्रेसको अरू पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ । हामी संगठनले थोरै हौँ अथवा धेरै । अन्य पार्टी भन्दा नेपाली कांग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ । शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ’, सिटौलाले भने, ‘अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ । त्यसैले हामीले सबैलाई मिलाएर सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ ।’

नेपाल स्वतन्त्र, स्वाधीन देश रहेको भन्दै उनले सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भनेर दुनियाँलाई प्रमाणित गर्दै देशको समस्या आफैँ उभिएर समाधान गर्न सक्छौँ भन्ने सन्देश दुनियाँलाई दिनसक्नुपर्ने बताउदै राज्यका सम्पूर्ण संयन्त्रहरूलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?