Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि


काठमाडौं। सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद मदनकुमारी शाहले भवन निर्माण आयोजनाको म्याद थपेर समय लम्बाउने काम मात्रै भएको, तर निर्माणमा भने उल्लेख्य प्रगति देखिन नसकेको बताइन् । त्यस्तै, सांसद नरपति लुवारले संसद् भवन राष्ट्रको अनुहार झल्किने ठाउँ भए पनि अहिले निर्माण भइरहेको संरचनाले नेपालको मौलिकता नझल्काएको बताएका छन् ।

सो समितिको आजको बैठकमा सन्धिुलीगढी, जर्बुटा कला केन्द्र सिन्धुली, मकवानपुरगढी तथा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालयको स्थलगत अध्ययन, अनुगमन तथा अवलोकनसम्बन्धी प्रतिवेदन पेस भएको छ भने सिन्धुलीगढीमा जाने सिँढीयुक्त बाटो धेरै उकालो भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री नबनेको निष्कर्ष प्रतिवेदनको छ । त्यस्तै, गढीमा रहेको ऐतिहासिक संरचनाको संरक्षण हुन नसक्दा महत्वपूर्ण पुरातात्विक महत्व हराउँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त समिति सभापति मायाप्रसाद शर्माले सिन्धुलीगढी, मकवानपुरगढी र जर्बुटा कला केन्द्र सिन्धुलीको सङ्रक्षणका लागि तीन तहको सरकारको तालमेल हुन जरुरी रहेको बताउदै नयाँ गढीहरुको खोजी गर्दै त्यसको प्रचारप्रसारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागसँग छलफल गर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?