Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि


काठमाडौं। सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद मदनकुमारी शाहले भवन निर्माण आयोजनाको म्याद थपेर समय लम्बाउने काम मात्रै भएको, तर निर्माणमा भने उल्लेख्य प्रगति देखिन नसकेको बताइन् । त्यस्तै, सांसद नरपति लुवारले संसद् भवन राष्ट्रको अनुहार झल्किने ठाउँ भए पनि अहिले निर्माण भइरहेको संरचनाले नेपालको मौलिकता नझल्काएको बताएका छन् ।

सो समितिको आजको बैठकमा सन्धिुलीगढी, जर्बुटा कला केन्द्र सिन्धुली, मकवानपुरगढी तथा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालयको स्थलगत अध्ययन, अनुगमन तथा अवलोकनसम्बन्धी प्रतिवेदन पेस भएको छ भने सिन्धुलीगढीमा जाने सिँढीयुक्त बाटो धेरै उकालो भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री नबनेको निष्कर्ष प्रतिवेदनको छ । त्यस्तै, गढीमा रहेको ऐतिहासिक संरचनाको संरक्षण हुन नसक्दा महत्वपूर्ण पुरातात्विक महत्व हराउँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त समिति सभापति मायाप्रसाद शर्माले सिन्धुलीगढी, मकवानपुरगढी र जर्बुटा कला केन्द्र सिन्धुलीको सङ्रक्षणका लागि तीन तहको सरकारको तालमेल हुन जरुरी रहेको बताउदै नयाँ गढीहरुको खोजी गर्दै त्यसको प्रचारप्रसारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागसँग छलफल गर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?