Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

हवाइ माफियाले नेपाली आकाश कब्जा गर्न खोजे:  भीम आचार्य


काठमाडौं। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले हवाइ माफियाले प्रधानमन्त्रीलाई प्रभावमा पारेर नेपाली आकाश कब्जा गर्न खोजेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन दिन अध्ययन भइरहेकाप्रति उनले त्यस्तो बताएका हुन्। उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको खास्टो ओढेर निजगढको परियोजना होल्ड गर्ने र त्रिभुवन विमानस्थल पनि निजी क्षेत्रले नै सञ्चालन गर्ने गरी यो प्रस्ताव आएको जिकिर गरेका छन्।

त्यसैगरी, अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सीमा पनि हो । उडान इजाजत आम यात्रीहरूको व्यक्तिगत गोपनियता, पहुँच, विमानस्थल सुरक्षा, प्राधिकरण ऐन २०५२ ले विमानस्थल सञ्चालनकर्ताले विमानस्थल सुरक्षाका लागि सुरक्षाकर्मीसमेत परिचालन गर्न सक्ने व्यवस्था छ । त्यो व्यवस्थाअन्तर्गत कुनै विदेशी कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने मौका पाएमा, विदेशी सुरक्षाकर्मी परिचालन हुनसक्ने बाटो खुल्ने सक्ने कारणले हाम्रो देशको तटस्थता भङ्ग भई, अहिलेको अन्तर्राष्ट्रिय ध्रुवीकरणमा शक्ति केन्द्रहरूको नेपाल क्रिडास्थल बन्ने, नेपाल अर्को इजरायल, अर्को गजा र अर्को युक्रेन बन्न सक्ने खतरा निम्तन सक्छ,’ उनले भने।

उनले सरकारले यो कुरालाई ध्यानमा नराखी कदम चाल्न खोजेको बताएका छन्।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?