Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै


मनहरी। बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका छन् । उक्त प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । सो बैठक प्रदेशसभा सचिवालयमा नै बस्ने जनाइएको छ ।

उक्त प्रदेशसभाका सबै दलबीच सहमति गर्ने उद्देश्यअनुसार आज सर्वदलीय बैठक बस्न लागेको हो । प्रदेशसभा सञ्चालन, संसद्को कार्यसूची, संसद्को विजनेशलगायत विषयमा निर्णय गर्न सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । सो प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सर्वदलीय बैठकमा निर्णय नभएका खण्डमा प्रदेशसभाको आगामी फागुन १५ गते आह्वान गरिएको बैठकले निरन्तरता पाउनसक्ने छैन । संसद्मा पर्याप्त विजनेश नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूची र मापदण्ड निर्माण गरी सबै दलको सहमति जुटाएर अघि बढ्ने तयारी रहेको उनले बताएका छन् ।

त्यसैगरी, विशेषतः संसद्मा नयाँ विधेयक दर्ता गर्ने, संसद् बैठकको व्यवस्थापन, कार्यसूचीलगायतका विषयमा सहमति गर्नुपर्ने उनको भनाइ रहेको छ । उनले हाल तीन वटा विधेयक विभिन्न समितिमा विचाराधीन अवस्थामा रहेको छ भने एउटा सचिवालयमा दर्ता भएको बताउदै सर्वदलीय बैठकमा सहमति नबनेका खण्डमा सो विधेयक अघि बढ्न नसक्ने र समितिका बैठक पनि सञ्चालन नहुने प्रवक्ता गुप्ताले बताएका छन् ।

विगत चार महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन भने संसद् नबस्दा संसदीय समितिको नेतृत्व चयन, कानुन निर्माणलगायत विषय अघि बढ्न सकेको छैन भने गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । असोज २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको चार महिना पूरा भइसकेको छ ।

उक्त प्रदेश प्रमुख यादवचन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बोलाएका हुन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?