Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न मिल्दैनः सांसद सापकोटा


काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै संविधानको विरोध नगर्न चेतावनी दिएका छन् ।

उनले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने, तर अहिले पुनः संविधानकै विरोध गर्ने गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न नमिल्ने बताउदै संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरु हुन नसक्ने समेत बताएका छन् ।

उनले भने, ‘हामी सार्वभौम सत्ता सम्पन्न जनता भनेर लेखिएको छ । त्यसको तेस्रो प्यारामा सामन्ती निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरिएका सबै प्रकारका विभेद र उत्पीडन गर्दै भन्ने लेखिएको छ । त्यसपछि हाम्रो स्ंविधानको धारा २ लाई एकपटक हेर्ने हो भने सार्वभौमसत्ता र राजकीय सत्ता भनिएको छ । नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ ।

यसको प्रयोग यस संविधानको व्यवस्थामा भए बमोजिम हुनेछ भन्ने छ। सो संविधानमा व्यवस्था गरिएकै अनुसार हामी नेपालको सार्वभौम सम्पन्न अधिकार भएको संसदमा उपस्थित छौँ, तर बेलाबखत यो व्यवस्थाका बारेमा चाहिने भन्दा ज्यादा अनर्गल प्रचारबाजी गर्ने गरिएको छ ।’


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?