Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

‘तिमी जस्तो साथी’मा शर्मिला र कृष्णको रोमान्स


काठमाडौं। गायक दीप श्रेष्ठको स्वर रहेको गीत ‘तिमी जस्तो साथी’ सार्वजनिक भएको सार्वजनिक भएको छ । नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ गीतकार केशव भट्टराईको शब्द रहेको गीतमा कीर्ति न्यौपाने (दिवाकर शर्माको) सङ्गीत रहेको छ ।

उक्त गीतको एरेन्जर फणिन्द्र राईले गरेका छन् भने सो गीतको भिडियो समेत बनेको छ । जसमा वरिष्ठ अभिनेता जोडी कृष्ण मल्ल र शर्मिला मल्लको अभिनय छ भने भिडियोमा कृष्ण र शर्मिालको अलवा नारायण प्रधान, राकेश खड्का, राजेश विशुराल, श्याम कृष्ण संजेल, राजु चौंहान र नीराजन रिमालको समेत अभिनय रहेको छ ।

त्यस्तै, मुकेश हुमागाईंको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी र विनोद वामको सम्पादन रहेको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । उक्त भिडियोमा अहिलेको देशको परिस्थिति चित्रण गरेर एउटा सफल व्यवसायी आर्थिक मन्दीकोमा आफ्नो व्यवसाय बिग्रिए पछि कस्तो परिस्थितिको सामना गरिरहेको छ भनेर देखाइएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?