Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

‘सिटामोल’मा सौगात र बेनिशा श्रीमान्-श्रीमती


काठमाडौं। अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो ‘सिटामोल’ । उक्त फिल्ममा सौगात र बेनिशा रोमान्टिक जोडीको रूपमा देखिने छन् । त्यसैगरी, निर्माण युनिटले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ भने तस्बिरमा सौगात र बेनिशाको रोमान्टिक अवतार झल्किन्छ । उक्त फिल्ममा सौगात र बेनिशा श्रीमान्–श्रीमतीको रूपमा देखिने बताइन्छ ।

त्यस्तै, आगामी तीजमा रिलिज लक्ष्य राखिएको फिल्ममा सौगात र बेनिशाको अलावा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेन्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्य राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ भने तुलसी देवी फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा जनयुद्धको कथा उठाइएको छ ।

सो फिल्मका निर्देशक राजबहादुर साने हुन् भने उक्त फिल्मको छायाङ्कन २५ दिन सिन्धुलीमा गरिएको छ । फिल्मको अव काठमाडौंका केही दृश्य र गीतको छायाङ्कन बाँकी रहेको निर्देशक सानेले जानकारी दिएका छन् ।

 

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?