Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

‘सिटामोल’मा सौगात र बेनिशा श्रीमान्-श्रीमती


काठमाडौं। अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो ‘सिटामोल’ । उक्त फिल्ममा सौगात र बेनिशा रोमान्टिक जोडीको रूपमा देखिने छन् । त्यसैगरी, निर्माण युनिटले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ भने तस्बिरमा सौगात र बेनिशाको रोमान्टिक अवतार झल्किन्छ । उक्त फिल्ममा सौगात र बेनिशा श्रीमान्–श्रीमतीको रूपमा देखिने बताइन्छ ।

त्यस्तै, आगामी तीजमा रिलिज लक्ष्य राखिएको फिल्ममा सौगात र बेनिशाको अलावा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेन्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्य राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ भने तुलसी देवी फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा जनयुद्धको कथा उठाइएको छ ।

सो फिल्मका निर्देशक राजबहादुर साने हुन् भने उक्त फिल्मको छायाङ्कन २५ दिन सिन्धुलीमा गरिएको छ । फिल्मको अव काठमाडौंका केही दृश्य र गीतको छायाङ्कन बाँकी रहेको निर्देशक सानेले जानकारी दिएका छन् ।

 

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?