Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ


काठमाडौं। नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विस २०८० कात्तिक २२ काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वरस्थित आइप्लेक्स मल नजिक नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरेर घाइते बनाई फरार मोरङका ३५ वर्षीय क्रान्ति बराईली भन्ने निलम विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बर्तौलालाई धारिलो हतियार (खुकुरी र रड) प्रहार गरी घाइते बनाएको घटनाका मुख्य योजनाकारसमेत रहेका विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिएका छन् । प्रहरीले यसअघि उक्त घटनामा संलग्न बाँके कोहलपुरका २४ वर्षीय शेरबहादुर थारु, बाँकेकै २६ वर्षीय आशीष लामिछाने मगर र झापाका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधानलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।

पक्राउ विश्वकर्माले बर्तौलालाई कुटपीट गर्नका लागि शेरबहादुर थारुलाई रु ५० हजार र टेकबहादुर प्रधानलाई रु दुई लाख दिएको अनुसन्धानमा खुलेको छ भने पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?