Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौं। काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सर्लाहीको गोडैता नगरपालिका-८ स्थित सडकमा मधेश प्रदेश ०२-००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चक्रघाटा गाउँपालिका-९ खोरिया बस्ने ५० वर्षीय नागेन्द्र रायको शनिबार राति मृत्यु भएको छ । सो ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको तिरुपती अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका-६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६ महिनाकी छोरी १६ स्नेहा परियारको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । उक्त टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी धादिङको थाक्रे गाउँपालिका-८ काउलेमा बा.१६ च ८११३ नम्बरको बोलेरो सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटनामा हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ८० वर्षीय शेर बहादुर तामाङको मृत्यु भएको छ । उक्त दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनमा घाइते भएका जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाएको छ ।

त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका-२ जय चोकमा प्रदेश १-०१-००१ च.७९६४ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । उक्त ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?