Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बाजुराका तेह्र हजार बालबालिकालाई खोप लगाइँदै


बाजुरा। सरकारले आजबाट सुरु गरेको दादुरा(रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ । राष्ट्रिय अभियानका रूपमा चल्ने दादुरा–रुबेला रोग निवारण खोप अभियान आजदेखि फागुन १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

उक्त जिल्लामा खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयमसेविका र स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिएका छन् । उनका अनुसार अनुसार जिल्लाका एक सयभन्दा बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वयंसेवक पुगिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी, देशव्यापीरुपमा सञ्चालन हुने अभियान आजदेखि चैत ७ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए। अभियान प्रत्येक चार वर्षमा सञ्चालन हुन्छ भने केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरे पनि जिल्लामा एकैसाथ अभियान सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए। खोप नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई लगाइने भएको छ ।

सो खोप लगाउनका लागि प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीले आमन्त्रण गरिसकेका छन् भने तीन दिनसम्म तोकिएको स्थान र नभएसम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुराका १३ हजार नौ सय ४२ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दको भनाइ रहेको छ ।

यसका लागि जिल्लाका एक सय ६५ वटा खोप केन्द्रमा एक सय ६५ जना स्वास्थ्यकर्मी र दुई सय ३० जना स्वयम् सेवक खटिएका छन् । उक्त जिल्लामा ९७ प्रतिशत बढी बालबालिकाले खोप सेवा पाएकोमा यस पटक त्यसलाई समेत बढाउने र शतप्रतिशत लक्ष्य हासिल गर्ने गरी तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए। खोप सेवा लिने बालबालिकाको सङ्ख्या सबैभन्दा बढी बूढीगङ्गानगरपालिका दुई हजार १२ जना, त्रिवेणी नगरपालिका दुई हजार १० जना, खप्तड छेडेदह गाउँपालिका दुई हजार नौ जना रहेका छन् ।

त्यस्तै बूढीनन्दानगरपालिकामा एक हजार नौ सय ३६ जना, बडीमालिका नगरपालिका एक हजार पाँच सय ९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका एक हजार तीन सय ७१ जना बालबालिकाले खोप पाउने भएका छन् भने जगन्नाथ गाउँपालिकामा एक हजार ५४ जना, एक हजार ३१ जना र गौमूलमा नौ सय २० जना बालबालिकालाई खोप लगाइनेछ । उक्त खोपलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि जिल्लाको खोप समन्वय समितिले तीव्र अनुगमन गर्ने र खोप केन्द्रमा कुनै लापरबाही भएको पाएमा कानुन बमोजिम कारबाही गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै, खोपपूर्ण रूपमा प्रभावकारी बनाउनका लागि पालिकादेखि स्वास्थ्य संस्थासँगको छलफल परामर्श र तयारी गरिसकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?