Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सुन्थराली विमानस्थलमा परीक्षण उडान सफल, भोली प्रधानमन्त्रीले उद्घाटन गर्ने


काठमाडौं। कालिकोटको सुनथराली विमानस्थलको परीक्षण उडान सफल भएको छ। आइतबार प्राविधिक टोली सहित नेपालगञ्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

त्यसैगरी, २०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो भने सो विमानस्थल उद्घाटनका लागि यसअघि तीनपटक समय तोकिए पनि विभिन्न कारणले उद्घाटन हुन सकेको थिएन। भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?