Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वैशाख २० गतेभित्र उपनिर्वाचन गर्ने तयारी


काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १५ देखि २० गतेभित्र उपनिर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार साढे १२ बजे निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ।

उक्त निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम गरेको र फागुनको १७ गतेखि रुजु सुरु गरिने जनाएको छ भने सो आयोगका अनुसार वैशाखको १५ देखि २० गतेभित्र मिति तोक्न सिफारिस गर्ने गरी प्रक्रिया अघि बढेको छ । आजै आयोग पदाधिकारीको बैठक बसेर यसबारे छलफल गर्ने आयोगको तयारी रहेको छ ।

सो आयोगका अनुसार वैशाखको १५ अगाडि उपनिर्वाचनको मिति तोक्न कठिन छ भने मतदाता नामावली अद्यावधिक र रुजु गर्न चैतको २२-२३ गतेसम्म लाग्ने र त्यसपछि निर्वाचनको प्रक्रिया सुरु गर्दा वैशाख १५ पुग्ने छ । उक्त उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग पनि परामर्श भइसकेको जनाइएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?