Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

वैशाख २० गतेभित्र उपनिर्वाचन गर्ने तयारी


काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १५ देखि २० गतेभित्र उपनिर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार साढे १२ बजे निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ।

उक्त निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम गरेको र फागुनको १७ गतेखि रुजु सुरु गरिने जनाएको छ भने सो आयोगका अनुसार वैशाखको १५ देखि २० गतेभित्र मिति तोक्न सिफारिस गर्ने गरी प्रक्रिया अघि बढेको छ । आजै आयोग पदाधिकारीको बैठक बसेर यसबारे छलफल गर्ने आयोगको तयारी रहेको छ ।

सो आयोगका अनुसार वैशाखको १५ अगाडि उपनिर्वाचनको मिति तोक्न कठिन छ भने मतदाता नामावली अद्यावधिक र रुजु गर्न चैतको २२-२३ गतेसम्म लाग्ने र त्यसपछि निर्वाचनको प्रक्रिया सुरु गर्दा वैशाख १५ पुग्ने छ । उक्त उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग पनि परामर्श भइसकेको जनाइएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?