Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सांसद ढकालको प्रश्न– ‘कृषि मन्त्रीलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबार हुल्नुपर्ने हो ?’


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कृषि मन्त्रीले किसानका लागि कुनै काम गर्न नसकेको बताएका छन् ।

उनले भने– ‘प्रणय बन्धनका प्रेमिलभन्दा पनि बढी यो गठबन्धन सरकारका कृषि मन्त्री बेदुराम भुसाललाई म प्रश्न गर्न चाहन्छु । तपाई कृषि मन्त्री भएपश्चात् मनलाग्दी नियुक्ति बाहेक तपाईँले गरेको एउटा काम के हो कृषि क्षेत्रको लागि के हो एउटा काम भनिदिनुस् । त्यसैगरी, दूध किसानको हालत उस्तै छ, मिल्क होलिडे सुरु भएको छ, भुक्तानी पाएका छैनन्, अब यो सरकार र कृषि मन्त्रीलाई ब्युँझाउनलाई किसानहरूले पालेका पशु चौपाया ल्याएर सिंहदरबार हुल्दिने हो कि बालुवाटार हुल्दिने हो? नत्र सरकार ब्युँझिँदैन ।’

उनले किसानले साङ्केतिक रूपमा दूध पोखेर आन्दोलनको तयारी गरेको बताएका छन् । उनले सरकारले समस्या नसुन्ने हो भने किसानले गोठबाट पालेका पशु चौपाया सिंहदरबार र बालुवाटार लगेर हुलिदिने र त्यसका लागि सरकारलाई तयार रहन आग्रह समेत गरेका छन् ।

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?