Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

तत्काल मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग समाजवादी मोर्चाको आग्रह


काठमाडौं। समाजवादी मोर्चाले मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनताका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहँदासमेत समाधान नभएको भन्दै तत्काल समाधानका लागि पहल गर्न मोर्चाले आग्रह गरेको हो ।

उक्त समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति हुने गरेपनि पीडितका समस्या समाधान हुन नसकेको स्पष्ट पार्दै मोर्चाले सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गर्न जोडदार माग गरेको छ ।

‘नेपाली श्रमिक जनता विशेषतः गरिब किसान र किसानहरु मिटरब्याज र लघुवित्तबाट चरमरुपले पीडित भएको अवगत नै छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहेका छन् भने सो समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति पनि हुने गरेका छन् । त्यस्तै, पीडित जनताका समस्या समाधान हुन सकेका छैनन्’ मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘हालै देशभरबाट मिटरब्याज तथा लघुवित्त पीडित जनता पैदलै लामो हिँडाइ पछि काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका छन् । हाम्रो समाजवादी मोर्चा नेपाल पीडित जनताको न्यायपूर्ण संघर्षलाई सहयोग र समर्थन गर्दछ । सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गरोस् भन्ने जोडदार आग्रह गर्दछ’।

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?