Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

इंग्लिस प्रिमियर लिगः सिटीले जित्दा युनाइटेडको हार


काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेनले २४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो भने उक्त जितसँगै सिटी ५९ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । पराजित भएको बर्नमाउथ भने १४ औं स्थानमा रहेको छ । त्यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ भने युनाइटेड फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए ।

त्यसैगरी, फुलह्यामका लागि काल्भिन बेसेसले गोल गर्दै ६५ औं मिनेटमा अग्रता दिलाएका थिए । ८९औं मिनेटमा युनाइटडका लागि ह्यारी मगुएरले बराबरी गोल फर्काएका थिए, तर अतिरिक्त समयको सातौं मिनेटमा फुलह्यामका लागि एलेक्स इओबीले गोल गर्दै फुलह्यामलाई २-१ को जित पक्का गराए । सो फुलह्याम ३२ अंकका साथ तालिकाको १२ औं स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

त्यसैगरी आर्सनलले न्युक्यासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले बर्नलेलाई ३-० गोल अन्तरले स्तब्ध बनाएको छ भने एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४-० गोल अन्तरले पराजित गर्दा ब्राइटन र एभर्टनले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?