Trending
>>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा समिति सातै प्रदेशमा जाने


काठमाडौं। विद्यालय शिक्षा विधेयक २०८० मा ‘ग्रासरूटमा’ छलफल गर्न संसद्को शिक्षा समिति सातै प्रदेशमा जाने भएको छ । अबको केही दिनभित्रमा सातै प्रदेशमा जाने र सरोकारवालासँग विधेयकका विषयमा छलफल गर्ने समितिको तयारी रहेको छ ।

उक्त समिति सभापति भानुभक्त जोशीले सातै प्रदेशमा गएर मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्ने कार्यक्रम बनिरहेको बताएका छन् । ‘केही दिनमा सातै प्रदेशमा जाने तयारी रहेको छ । त्यस्तै, कांग्रेस महासचिव बैठक भर्खरै सकिएको छ भनेअब सचिवालयले त्यसको तयारी गरेपछि हामी सातै प्रदेशमा जान्छौँ । र त्यहाँबाट विधेयकमाथि उनीहरूका धारणा समेत लिन्छौँ’ सभापति जोशीले भने ।

उक्त समितिले विभिन्न सरोकारवालासँग छलफल गरिसकेको छ भने विभिन्न शिक्षक सङ्घ संस्थाहरू, संवैधानिक आयोगका अधिकारी, शिक्षाविद्हरू, विद्यार्थी संगठनहरू, गुठी लगायतका विशेष विद्यालय अन्तर्गतका निकायहरूसँग समितिले छलफल गरिसकेको हो । सो प्रदेशमा गएर सरोकारवालासँग छलफल गरेपछि समितिले दफावार छलफल अगाडि बढाउने सभापति जोशीले बताएका छन् ।

त्यसैगरी, संसदमा दर्ता भएको शिक्षा विधेयकमा चौतर्फी आलोचना भएपछि संसदमा दफावार छलफलका लागि शिक्षा समितिमा पठाएको थियो भने समितिले सरोकारवालासँग छलफल गरेर त्यसपछि मात्रै दफावार छलफलमा लान लागेको हो ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?