Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा समिति सातै प्रदेशमा जाने


काठमाडौं। विद्यालय शिक्षा विधेयक २०८० मा ‘ग्रासरूटमा’ छलफल गर्न संसद्को शिक्षा समिति सातै प्रदेशमा जाने भएको छ । अबको केही दिनभित्रमा सातै प्रदेशमा जाने र सरोकारवालासँग विधेयकका विषयमा छलफल गर्ने समितिको तयारी रहेको छ ।

उक्त समिति सभापति भानुभक्त जोशीले सातै प्रदेशमा गएर मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्ने कार्यक्रम बनिरहेको बताएका छन् । ‘केही दिनमा सातै प्रदेशमा जाने तयारी रहेको छ । त्यस्तै, कांग्रेस महासचिव बैठक भर्खरै सकिएको छ भनेअब सचिवालयले त्यसको तयारी गरेपछि हामी सातै प्रदेशमा जान्छौँ । र त्यहाँबाट विधेयकमाथि उनीहरूका धारणा समेत लिन्छौँ’ सभापति जोशीले भने ।

उक्त समितिले विभिन्न सरोकारवालासँग छलफल गरिसकेको छ भने विभिन्न शिक्षक सङ्घ संस्थाहरू, संवैधानिक आयोगका अधिकारी, शिक्षाविद्हरू, विद्यार्थी संगठनहरू, गुठी लगायतका विशेष विद्यालय अन्तर्गतका निकायहरूसँग समितिले छलफल गरिसकेको हो । सो प्रदेशमा गएर सरोकारवालासँग छलफल गरेपछि समितिले दफावार छलफल अगाडि बढाउने सभापति जोशीले बताएका छन् ।

त्यसैगरी, संसदमा दर्ता भएको शिक्षा विधेयकमा चौतर्फी आलोचना भएपछि संसदमा दफावार छलफलका लागि शिक्षा समितिमा पठाएको थियो भने समितिले सरोकारवालासँग छलफल गरेर त्यसपछि मात्रै दफावार छलफलमा लान लागेको हो ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?