Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे: अमरेश कुमार


काठमाडौं। स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी र गुठीको जग्गाबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर बसेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले अधिकांश ठाउँमा सत्ता गठबन्धन र उनीहरुकै आसेपासेले नै जग्गा कब्जा गरेका कारण सार्वजनिक जग्गा सरकारले फिर्ता गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले समाजिक सुधार ऐन २०३३ कसको लागि बनेको भन्दै प्रश्न गर्दै भने,‘यो २०३३ को समाज सुधार ऐन कसका लागिरु भर्खर प्रधानमन्त्रीको नातीको बिहे भयो । हजारौंलाई निम्तो गरियो । कांग्रेसको सभापतिको छोराको बिहे भयो । सोल्टी होटेलमा १० दिनसम्म पार्टी चल्यो । ठूलाले कानून बनाउने तर नेतालाई कानुन नलाग्ने ?’

त्यस्तै, समाजिक सुधार ऐन २०३३ को दफा ८ मा दुलाहादुलही पक्षबाट आयोजित भोजमा नजिकको नातेदार बाहेक अरु छरछिमेकी बाहेक ५१ जना बढी व्यक्तिलाई आमन्त्रित गर्न नपाउने भनिएको छ ।

उनले भने,‘ सार्वजनिक सरकारी र गुठीको जग्गाकोबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर ढाकिएको छ । पहिला ४१ ठाउँको जग्गा फिर्ता गरौं सरकारको हौसियत छ भने, तर छैन् । किनकी अधिकांश ठाउँमा सत्ता गठबन्धन र उसका आसेपासेले नै जग्गा कब्जा गरेको छ ।’

 


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?