Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे: अमरेश कुमार


काठमाडौं। स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी र गुठीको जग्गाबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर बसेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले अधिकांश ठाउँमा सत्ता गठबन्धन र उनीहरुकै आसेपासेले नै जग्गा कब्जा गरेका कारण सार्वजनिक जग्गा सरकारले फिर्ता गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले समाजिक सुधार ऐन २०३३ कसको लागि बनेको भन्दै प्रश्न गर्दै भने,‘यो २०३३ को समाज सुधार ऐन कसका लागिरु भर्खर प्रधानमन्त्रीको नातीको बिहे भयो । हजारौंलाई निम्तो गरियो । कांग्रेसको सभापतिको छोराको बिहे भयो । सोल्टी होटेलमा १० दिनसम्म पार्टी चल्यो । ठूलाले कानून बनाउने तर नेतालाई कानुन नलाग्ने ?’

त्यस्तै, समाजिक सुधार ऐन २०३३ को दफा ८ मा दुलाहादुलही पक्षबाट आयोजित भोजमा नजिकको नातेदार बाहेक अरु छरछिमेकी बाहेक ५१ जना बढी व्यक्तिलाई आमन्त्रित गर्न नपाउने भनिएको छ ।

उनले भने,‘ सार्वजनिक सरकारी र गुठीको जग्गाकोबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर ढाकिएको छ । पहिला ४१ ठाउँको जग्गा फिर्ता गरौं सरकारको हौसियत छ भने, तर छैन् । किनकी अधिकांश ठाउँमा सत्ता गठबन्धन र उसका आसेपासेले नै जग्गा कब्जा गरेको छ ।’

 


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?