Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इन्द्रेणीबाट निकालिएका ५ कलाकारसँग कृष्ण कँडेलले गरे सहमति, शर्मिला छुटिन्


काठमाडौं। इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ भने कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरूले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै, बिहीबार राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ । दुवै पक्षले एक-अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिबद्धता सहमति पत्रमा गरिएको छ भने निकालिएका कलाकारहरूले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन्,तर कलाकारहरूले तत्काल नफर्किने बताएका छन् ।

इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरूले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए भने ऊनीहरूमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दाबी समेत गरेकी छन् ।

सो आरोपको प्रतिवादमा कँडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले अदालतमा मानहानिको मुद्दा पनि दिएका छन् भने उक्त मुद्दा परेपछि निकालिएका कलाकारहरू कँडेलसँग सम्झौतामा आउन तत्पर भएका हुन् ।

त्यसैगरी, अस्ति र हिजो दुई पक्षबीच वार्ता भएको थियो, तर सो वार्तामा बोलाइए पनि शर्मिला भने आइनन् । बरु उनले हिजो फेरि एक्लै पत्रकार सम्मेलन गरेर कँडेलमाथि थप आरोप लगाएकी छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?