Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा


टक्सार,भोजपुर। चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । उक्त प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो ।

सो प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित दोस्रो भएको छभने भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत र आठ कास्यसहित तेस्रो भएको छ भने पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित षडानन्द नगरपालिका चौथो भएको छ । त्यसैगरी, गत वर्षको विजेता अरुण गाउँपालिकाले भने यस वर्ष तीन स्वर्ण, एक रजत र छ कास्य पदकमा चित्त बुझाएको छ ।

उक्त जिल्ला खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताका विजेता पालिकालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राई लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?