Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बालकुमारी घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नेकपा एसको माग


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ ।

उक्त पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार भएको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। त्यस्तै, गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको थियो ।

उक्त बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा, मिटरब्याज पीडितका समस्या, सुशासन कायम गर्न पार्टीले निर्वाह गरेको भूमिका लगायत विषयमा छलफल भएको थियो भने उक्त पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान, पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे पनि बैठकमा छलफल भएको थियो ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?