Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

धोती लाउँदा पनि षड्यन्त्र देख्छ सरकार: सीके राउत


काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरू नै अहिले डराउन थालेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैँ सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरू पनि आफैँले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् ।

‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर आफ्नो राज्यव्यवस्था ल्याएका थिए । अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो’, राउतले भने, ‘‘त्यस्तै नै अहिलेको शासन व्यवस्था ल्याउनेहरू नै त्रसित भएको अवस्था, सेतो बाघ नै देख्ने अवस्था सिर्जित भएको देख्छु ।’

कोरिया जान पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको आन्दोलनमा समेत शासकहरूले व्यवस्था ढाल्ने षड्यन्त्र देखेको अध्यक्ष राउतले टिप्पणी गरे । उनले अगाडि भने, ‘शासक वर्ग चारै तिर आफ्नो शासन व्यवस्था ढाल्न आयो कि भनेर त्रसित भएको देखिन्छ । त्यस्तै जंगबहादुरको हविगत देख्न नपरोस् ।’

‘दुई जना युवाले रोजगारी माग्दा मेरो व्यवस्था ढाल्न आयो कि भनेर सेतो बाघ देख्छ, धोती लाउँदा पनि षड्यन्त्र देख्छ । मधेश प्रदेशका शिक्षा मन्त्रीले प्रमुख अतिथिलाई फुल दिन जाँदा पनि गठबन्धन भत्काउन लाग्यो भनेर गृह मन्त्रालयले आदेश दिएर टाउको फुटाउनेसम्मको काम गर्छ’, राउतले भने ।

 


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?