Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मन्त्री बस्नेतद्वारा गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास


काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको नगर अस्पताल १५ शय्याको हुने छ ।

उक्त अस्पताल शिलान्यास गर्दै उनले शिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताउदै संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाए ।

त्यस्तै, चिकित्सा शिक्षा ऐन चाँडै परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने उनको भनाइ थियो भने मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् ।

उक्त कार्यक्रममा सांसद सन्तोष चालिसेले अस्पताल शिलान्यास भएकामा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्यद्वय सांसद बिमल ठकुरी र छिरिङदोर्जे लामाले निजी क्षेत्रमा स्वास्थ्य सेवा महँगो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनुपर्नेमा केन्द्र सरकारको ध्यानाकर्षण गराए ।

सो नगरप्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै चाँडै अस्पताल निर्माण सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय सेवा दिने समेत बताएका छन् । उक्त अस्पताल रु २२ करोड ५० लाखको लागतमा निर्माण गरिने जनाइएको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?