Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

हिउँले सेताम्मे मनाङ, किसान हर्षित


मनाङ। हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन, तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ ।

बुधबार साँझदेखि यहाँ हल्का हिमपात सुरु भएकामा रातभर भारी हिमपात भएको छ । समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन् । समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे , तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन् । हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताएका छन् ।

उनले भने, ‘कम मात्रामा हिउँ परिरहेकै हो । चिसो अत्यधिक नै थियो, तर हिजो साँझदेखि रातभर भने भारी हिउँ पर्‍यो । जसले किसानलाई खुसी बनाएको छ । यसले पर्यटकलाई आकर्षण पनि गर्नेछ ।’ जाडो छल्न बाहिर गएका मनाङी जिल्ला फर्किरहेको उनले बताए । अब खेती गर्ने याम पनि सुरु हुने भएकाले हिमपात भएपछि किसान हर्षित भएको प्रजिअ लामिछानेले बताएका छन् ।

उनले भने, ‘मनाङी जिल्ला भित्रिन थालेकाले विद्यालय, होटल पनि खुल्न थालेका छन् । जसले गर्दा अब यहाँ पर्यटक भित्रिने समय भएको छ । जाडो कम हुन थालेपछि सहज बन्दै जानेछ, तर पर्यटक तथा स्थानीयवासीलाई चिसोले हुनसक्ने स्वास्थ्यको सचेतता अपनाउन आग्रह गरेका छौँ ।’ यहाँको मौसम अनुकूल बन्दै गएपछि अब पूर्वाधार निर्माणका कामले पनि गति लिने प्रजिअ लामिछानेले बताए ।

सो हिउँले नै यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ भने समयमा कम मात्रामा परेको हिउँले बेमौसममा परेको हिउँलाई पछिसम्म सिञ्चित गर्नेछ । जसले गर्दा किसानमा खुसी छाएको छ । त्यस्तै, पर्यटन क्षेत्रको आकर्षणको केन्द्र मनाङमा अब पर्यटक आउने याम सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रमुख ढकबहादुर भुजेलले बताए । याम सुरु भएसँगै पर्यटक आगमन हुने भएकाले सचेत भएर आउन उनको आग्रह छ । उनले भने, ‘पहिलेको तुलनामा अहिले हिमपात हुने समय फेरिएको छ ।

विशेषगरी मङ्सिरदेखि माघसम्म भारी हिमपात हुने समय हो, तर अहिले फागुनदेखि मात्रै भारी हिमपात हुने गरेको पाइन्छ । यसले गर्दा यहाँ आउने पर्यटकले जोखिमलाई ध्यान दिएर यात्रा गर्न सुझाउँछौँ ।’ हिमपात तथा बेमौसममा पनि यहाँ दैनिकरूपमा १५ देखि २० पर्यटक आउने गरेको उनले जानकारी दिए । त्यसै पनि मनाङको अन्नपूर्ण पदमार्ग जोखिम नै छ । तर यहाँको मौसमलाई ध्यान दिएर मात्र यात्रा गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी, हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरतासँग रमाउँदै मनाङबाट पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्लापास पार गर्दछन् भने अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पार गरी मुस्ताङको मुक्तिनाथ हुँदै पोखरा जाने गर्दछन् । मनाङ आउने पर्यटक केही अन्नपूर्ण पदमार्गमार्फत थोराङ्ला भञ्ज्याङ जान्छन् भने केही पर्यटक पाँच हजार दुई सय मिटर उचाइमा अवस्थित काङ्लापास पार गरी मनाङ ङिस्याङ गाउँपालिका-३ ङावल निस्कने गर्दछन् ।

मनाङ आएका पर्यटक विश्वकै अग्लो स्थान चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, चार हजार छ सय मिटर उचाइमा अवस्थित आइसलेक, तीन हजार पाँच सय मिटर उचाइमा रहेका गङ्गापूर्ण ताल पुग्ने गर्दछन्, तर गङ्गापूर्ण ताल भने अहिले बगरको रूपमा परिणत भएको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौताराबाट पदयात्रा सुरु हुन्छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत् मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?