Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

आफूखुसी पैसा लिएको भन्दै स्वास्थ्य उपचारको शुल्क तोक्न तोसिमा कार्कीको माग


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य उपचारको शुल्क सरकारले तोक्नुपर्ने माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘तरकारीदेखि तेलसम्म, नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकि दिएको छ, तर बिरामीको उपचार जस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क तोकेको छैन ।

शुल्क नतोकिएका कारण अस्पतालहरूले मनलाग्दी गरिरहेको उनको भनाइ रहेको छ । उनले भनिन्, ‘कुन उपचारको, कुन परीक्षणको कति पैसा लाग्छ न शुल्क निर्धारण छ न नियमन । अस्पताल र प्रयोगशालाहरूले आफूखुसी शुल्क तोकिरहेका हुन्छन् । निजीमा मात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरूपता छैन ।’

त्यसैगरी, संविधानको धारा ३५ ले प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारबारे जानकारी पाउने हक दिएको, तर त्यो अस्पतालको झ्यालमा पुगेपछि मात्रै बिरामीले थाहा पाउने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरिन् । सरकारले नियमन नगर्दा बिरामीहरूले एउटै उपचारका लागि फरक-फरक शुल्क तिर्नुपरिरहेको सांसद कार्कीले बताएकी छन् ।

त्यस्तै, भिडियो एक्सरेको शुल्क ५ सय देखि २५ समय सम्म रहेको भन्दै उनले प्रश्न गरिन्, ‘पाँच गुणासम्म फरक हुन्छ ?’ अपरेशनको शुल्क डेढ लाख रुपैयाँसम्म रहेको भन्दै उनले कुन उपचारको, कुन परीक्षणको कति शुल्क तोक्ने भनी मापदण्ड हुनुपर्ने बताइन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?