Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

आफूखुसी पैसा लिएको भन्दै स्वास्थ्य उपचारको शुल्क तोक्न तोसिमा कार्कीको माग


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य उपचारको शुल्क सरकारले तोक्नुपर्ने माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘तरकारीदेखि तेलसम्म, नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकि दिएको छ, तर बिरामीको उपचार जस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क तोकेको छैन ।

शुल्क नतोकिएका कारण अस्पतालहरूले मनलाग्दी गरिरहेको उनको भनाइ रहेको छ । उनले भनिन्, ‘कुन उपचारको, कुन परीक्षणको कति पैसा लाग्छ न शुल्क निर्धारण छ न नियमन । अस्पताल र प्रयोगशालाहरूले आफूखुसी शुल्क तोकिरहेका हुन्छन् । निजीमा मात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरूपता छैन ।’

त्यसैगरी, संविधानको धारा ३५ ले प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारबारे जानकारी पाउने हक दिएको, तर त्यो अस्पतालको झ्यालमा पुगेपछि मात्रै बिरामीले थाहा पाउने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरिन् । सरकारले नियमन नगर्दा बिरामीहरूले एउटै उपचारका लागि फरक-फरक शुल्क तिर्नुपरिरहेको सांसद कार्कीले बताएकी छन् ।

त्यस्तै, भिडियो एक्सरेको शुल्क ५ सय देखि २५ समय सम्म रहेको भन्दै उनले प्रश्न गरिन्, ‘पाँच गुणासम्म फरक हुन्छ ?’ अपरेशनको शुल्क डेढ लाख रुपैयाँसम्म रहेको भन्दै उनले कुन उपचारको, कुन परीक्षणको कति शुल्क तोक्ने भनी मापदण्ड हुनुपर्ने बताइन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?