Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने


काठमाडौं। झापाको कनकाई नगरपालिका सुरुङ्गामा ‘कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव’ हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजना यही फागुन १४ गतेदेखि तीनदिनसम्म महोत्सवमा सञ्चालन हुने आयोजकले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

उक्त महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्लास्तरीय साहित्य गोष्ठी र राष्ट्रिय साहित्य गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ भने सो महोत्सवको उद्घाटन अघि स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरिनेछ ।

सो महोत्सवमा राष्ट्रियस्तरका दर्जनौँ कवि, कलाकार, हास्यकलाकार, गायक तथा संस्कृतिकर्मीको प्रस्तुति रहने छ भने उक्त महोत्सवमा कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक वितरण, राष्ट्रिय वेशभूषा, प्रदर्शनी, व्यावसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणआदि कार्यक्रम रहने आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिएका छन् ।

त्यस्तै, पहिलो दिन कक्षा छ देखि १२ कक्षासम्मका विद्यार्थीलक्षित कविता लेखन प्रशिक्षण कार्यक्रमको आयोजना हुनेछ भने दोस्रो दिन विभिन्न विद्यालयका शिक्षक, स्थानीय स्रष्टा तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीलक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?