Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


मलङ्गवा,सर्लाही। सर्लाहीको बरहथवामा बुधबार ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

त्यस्तै, बरहथवा नगरपालिका-१५, प्रिपाभित्तास्थित बागमती नदीको नहरमा ट्याक्टर दुर्घटना हुँदा ट्रयाक्टर धनीसमेत रहेका चालक रौतहट जिल्लाको गढीमाई नगरपालिका-९ का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र पञ्जियार थारुले जानकारी दिएका छन् । उनका अनुसार घाइते भएका छ जनामध्ये दुईको अवस्था गम्भीर छ ।

रौतहटबाट सर्लाहीको हजरियातर्फ आएको ट्र्याक्टर अनियन्त्रित भई बागमती नदीको नहरमा खसेको प्रहरी प्रवक्ता थारुले बताए । उक्त ट्याक्टरमा लेखिएको नम्बर प्रस्ट नभएको उनले जानकारी दिएका छन् । सो ट्र्याक्टर दुर्घटनामा गढीमाई नगरपालिका-९ बस्ने १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, १७ वर्षीय आकाश सहनी, ४५ वर्षीय सुकल देवी, १६ वर्षीया अञ्चला कुमारी र १८ वर्षीया नितेश सहनी घाइते भएका छन् ।

गम्भीर घाइते आकाश र किसनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने अन्य घाइतेको रौतहटको गौर गरुडामा उपचार भइरहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?