Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सरकारलाई संसद्प्रति जबाफदेही बनाउनु पर्छः अध्यक्ष तिमिल्सिना


काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र इन्टर पारिस, पार्लियामेन्ट इन पार्टनरसिपका प्रमुख जोनाथन मफीबिच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका मफीले मङ्गलवार सिंहदरवारस्थित तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

उक्त भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद् जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो हुने बताएका छन् । उनले सरकारलाई कसरी संसद् र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे ।

त्यसैगरी, अध्यक्ष तिमिल्सिनाले संसद् भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेका जानकारी गराए भने सांसद र संसद्का कर्मचारीको क्षमता विकासका लागि सहकार्य गर्न इच्छुक रहेको उनको भनाइ रहेको थियो ।

सो भेटमा प्रमुख मफीले प्रजातन्त्र नै युरोपेली संसद्को गहना भएको बताउँदै नेपालको संसद्सँग आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताएका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?